काठमाडौं । सभामुख देवराज घिमिरेले प्राविधिक स्टमेट गरेर सो अनुसार काम गरि मेलम्ची खानेपानी काठमाडौँ सक्दो चाडै लैजानुपर्नेमा जोड दिएका छन् । आइतबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको निरीक्षण गर्न पुगेका सभामुख घिमिरेले जतिसक्दो चाँडो पानी काठमाडौँ लगेर काठमाडौँका बासिन्दालाई खुवाउन आग्रह गरे । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरसँग उनले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगको समेत निरीक्षण गर्दै तत्काल काठमाडौंमा पानी पुर्याउन आग्रह गरे । यस बर्ष मेलम्चीको पानी काठमाडौँ लाने तयारी सुस्त भइरहेको बेला सभामुखले अवलोकन भ्रमण गरेका थिए । साथमा पूर्व मन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्व मन्त्री सरेस नेपाल लगायत सहभागी थिए । सिनियर डिभिजनल इन्जिनियर कुँवरले अब केही दिनमै काम सुरु हुने बताउँदै त्यसपछि कति दिनमा पानी काठमाडौँ पुग्छ भन्ने थाहा हुने बताए ।
मेलम्ची पुगेका सभामुख घिमिरेले भनेःकाठमाडौंमा पानी किन पुगेन ?