Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बीटुवी इभेन्ट


चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बीटुवी इभेन्ट

काठमाडौं । नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बीटुवी इभेन्ट २७ फेब्रुअरीदेखि १ मार्च २०२५ (१४ चैतदेखि १९ गतेसम्म)सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो (आठौं संस्करण) आयोजना हुने भएको छ। यस वर्ष, चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादन र प्रविधि ल्याइँदैछ।

नेपाल मेडिकल एन्ड ल्याब शो चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालाको बजार केन्द्रको रूपमा निरन्तर विकसित भइरहेको छ।

नेपाल मेडिकल शो (एनएमएस) चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा बिक्रेता तथा अन्य खरिदकर्ता समूहलाई जोड्ने एक विश्वसनीय अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रूपमा स्थापित भएको छ। यस एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशबाट उच्च गुणस्तरका आपूर्तिकर्तालाई नेपालमा ल्याउनेछ।