काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको बताएको छ । महासंघले हिजोको तुलनामा ४०० रुपैयाँले बढेको बताएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर रहेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको बताएको छ । हिजो बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।