Thursday, November 28, 2024

२०८१ मंसिर १३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ


एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ

एजेन्सी । टर्कीका सुरक्षा बलहरूले नोभेम्बरमा उत्तरपश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । पक्राउ परेका गैरकानुनी आप्रवासीहरूलाई कुनै विवरण नदिई एडिर्नेस्थित आप्रवासन कार्यालयमा पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रान्तीय कमाण्ड टोलीहरूले अवैध आप्रवासनलाई रोक्ने प्रयासमा एडिर्नको शहरको केन्द्र र वरपरका जिल्लाहरूमा निरीक्षणलाई कडा पारेका छन् । जहाँबाट अवैध आप्रवासीहरू पक्राउ परेका थिए । एडिर्ने टर्कीको थ्रेस क्षेत्रमा अवस्थित ग्रिस र बुल्गेरियाको सीमाना नजिक छ ।

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई अन्य सबै प्रान्तमा अवैध आप्रवासनविरुद्ध लड्नका लागि कडा कदम चाल्ने प्रतिबद्धता गरे ।