Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजारमा फेरी चिनीको अभाव


बजारमा फेरी चिनीको अभाव

काठमाडौं । बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरि चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।

खुद्रा व्यापार सङ्घका उपाध्यक्ष ध्रुवप्रसाद अधिकारी अहिले बजारमा चिनीको अभाव चुलिएको बताए । ग्राहकहरू अहिले चिनी खरिदका लागि पसल पुग्दा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

केही दिनमै चिनी उपलब्ध हुन्छ

पछिल्लो पाँच दिन यता देखिएको चिनीको अभाव केही दिनमै समाधान हुने उद्योग वाणिज्य तथा संरक्षण विभागले जनाएको छ । विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार सूचना प्रवाहको कमजोरीका कारण मात्र बजारमा चिनीको अभाव भएको हो ।

उनका अनुसार अहिले दैनिक पाँच–छ ट्रक चिनी आयात भइरहेकाले खुद्रा व्यापारीले डिलरहरूसँग सम्पर्क गरेर लिन सकिनेछ । अहिले उखुको क्रसिङ् सिजन सुरु भएकाले चिनीको अभाव लामो समय नजाने उनको भनाइ छ । अहिले छ उद्योगले चिनी उत्पादन सुरु गरिसकेकाले चिनीको अभाव केही दिनमा नै हट्ने उनको भनाइ छ

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अहिले बजारमा देखिएको चिनीको अभाव दुई–तीन दिनमा समाधान हुनेछ । उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको आपूर्तिमा कुनै समस्या नरहेको र उपत्यकाभित्र मात्र चिनी नआएकाले यो समस्या केही दिनमा नै समाधान हुने उनको भनाइ छ ।

चिनी उत्पादन बढ्ने आङ्कलन

यस वर्ष चिनी उत्पादन बढ्ने आङ्कलन गरिएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति संरक्षण विभागका प्रवक्ता पोखरेलका अनुसार यस वर्ष चिनीको उत्पादन बढेर दुई लाख ३० हजार टन पुग्ने आङ्कलन गरिएको छ । गतबर्ष नेपालमा चिनीको उत्पादन एक लाख ७५ हजार टन हाराहारीमा रहेको थियो ।

यस वर्ष समयमै उखु लगाएको र मौसमको अनुकूलनले उखु उत्पादन राम्रो रहेका कारण चिनीको उत्पादन बढ्ने उनको भनाई छ ।