Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा देखिन थाल्यो ‘दशैं इफेक्ट’, घट्यो कारोबार रकम


सेयर बजारमा देखिन थाल्यो ‘दशैं इफेक्ट’, घट्यो कारोबार रकम

काठमाडौं, सेयर बजारमा ‘दशैं इफेक्ट’ देखिएको छ। बडा दशैं नजिकिएसँगै यस दिन कारोबार रकम घटेको छ। पछिल्ला कारोबार दिनहरुमा १ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन २८६ स्टकको ३१ हजार ७८८ पटकको कारोबारमा ९३ करोड ४८ लाख रुपैयाँ बराबरको ३७ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबार रकम घटेपनि यस दिन नेप्से परिसूचक भने २ प्रतिशत भन्दा बढी बढेको छ।

बुधबार नेप्से परिसूचक २.३२ प्रतिशत अर्थात ४३.२७ अंक बढेर १९०७.८९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४९ प्रतिशत बढेको छ। यस दिन आशा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ६६ रुपैयाँ बढेर ७२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन इन्फिनिटी लघुवित्त, मिड सोलु हाइड्रोपावर, ज्योति विकास बैंक र गणपति लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन २६ स्टकको मूल्य घटेको छ। तर घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।कारोबार रकमका आधारमा यस दिन सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन करिब साढे ४ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको ३ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएका छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

जसमध्ये बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।