Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचकमा १४.१२ अंकको गिरावट


नेप्से परिसूचकमा १४.१२ अंकको गिरावट

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.१२ अंकले घटेको छ । मंगलबार ११.२४ अंकले घटेको नेप्से बुधबार पनि शून्य दशमलव ५१ प्रतिशतले घटेको हो । आज २७३४.८३ विन्दुमा बन्द भएको छ ।

कुल ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १३८ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । आज कुल ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७७ हजार ८६१ पटकको सेयर किनबेचबाट १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भए ।

कुल १३ उपसमूह मध्ये ४ उपसमूहको सेयर मूल्य बढ्यो । फाइनान्स १५१.९४, विकास बैंक ७७।६१, हाइड्रोपावर २८‍‍.६१ र म्युचअल फन्डको शून्य दशमलव १० अंकले बढेको छ । घट्ने उपसमूहहरुमा निर्जीवन बिमा १६७.५०, जिवन बिमा १६२.६२ र उत्पादन तथा प्रशोधन ६८.६९ अंकले घटेको हो ।