Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० अर्ब रुपैयाँ विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक


१० अर्ब रुपैयाँ विकास ऋणपत्र बोलकबोल गर्दै  राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ। असोज २६ गते शुक्रबार जारी गर्ने गरी केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘घ’ ८ वर्षे जारी गर्ने भएको हो। इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने छन्।

कूल १० अर्ब मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १ अर्ब ५० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले बताएको छ।

ऋणपत्र खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६,६ महिनामा प्रदान गरिने केन्द्रीय बैंकले बताएको छ।