Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाघ भैरव सहकारीका लेखासंयोजक बज्राचार्यले देख्न नसकेको संस्थाको वित्तीय अवस्था, गतवर्षमै थियो तरलता अभाव!

बार्षिक प्रतिवेदन सहित


बाघ भैरव सहकारीका लेखासंयोजक बज्राचार्यले देख्न नसकेको संस्थाको वित्तीय अवस्था, गतवर्षमै थियो तरलता अभाव!

काठमाडौं । पछिल्लो समय कीर्तिपुरमा एक पछि अर्काे सहकारी संस्थाहरुमा समस्या देखिन थालेको छ । बचतफिर्ताको दवावमा सहकारी सञ्चालकहरु घर छोड्न बाध्यभएका छन् । कीर्तिपुरकै नाम चलेका सहकारीहरुका सञ्चालकहरु बचतकर्ताहरुको सम्पर्कमा छैनन् । कीर्तिपुरका नाम चलेका सहकारी मध्ये नविन नकर्मी अध्यक्ष रहेको बाघ भैरव बचत तथा ऋण सहकारी संस्थामा पनि वित्तीय संकट आएको स्रोतको दावी छ ।


स्रोेतका अनुसार बचतफिर्ताको दवावले कार्यसम्पादनमा समेत समस्या आइरहेको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा बढ्दो आर्थिक तरलता र सहकारी संस्थाहरुप्रति फैलाइएको भ्रमका कारण बाघ भैरव सहकारीमा पनि समस्या बढ्दै गएको हुन सक्ने एक स्थानीयले बताए । उनले भने, ‘सहकारीमा बचत फिर्ताको दवाव छ, सहकारीले आफ्नो विषयमा बोल्न खोज्दैन, बचतकर्तालाई विश्वास दिलाउनु पर्छ’ ।


बाघ भैरव सहकारी संस्थाको गत वर्षको वित्तीय रिर्पाेट अर्थात वार्षिक प्रतिवेदनलाई अध्ययन गर्दा सहकारीमा आर्थिक तरलता प्रष्ट देखिन्छ । सहकारी संस्थामा समस्या नभएको दावी गरिएपनि वार्षिक प्रतिवेदनले त्यसो भन्दैन । गत वर्ष पुस २७ गते सम्पन्न वार्षिक साधारणसभामा संस्थाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा जम्मा ४ प्रतिशत तरलता रहेको देखिन्छ । सामान्यतया सहकारीहरुमा १५ देखि २० प्रतिशत सम्म तरलता हुनुपर्छ । १० प्रतिशत भन्दा तल झर्यो भने सहकारी संस्थामा समस्यामा छ, भन्ने बुझ्नु पर्छ । एक अर्बको संस्थामा ४ प्रतिशत भनेको चरम तरलता हो ।


सो प्रतिवेदनको आधारमा बाघ भैरव चरम आर्थिक संकटमा गत वर्षनै देखिन्छ । सहकारीको साधारणसभामा कीर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख सुजिन्द्र महर्जनले संस्थाको वित्तिय अबस्थाका विषयमा प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘सहकारी संस्थामा सबै विषय राम्रो भएपनि तरलता मिलाउनु पर्छ’ । जसको भिडिओ हामीले प्रकाशित गरेका थियौं । सहकारीमा जारी समस्याका विषयमा अहिले सञ्चालकहरु बोल्न मान्दैनन् ।

बरु बाघ भैरव सहकारीकै जिम्मेवार पदमा रहेका एक व्यक्तीले अन्य सहकारीका वित्तीय फाइल खोल्न पुगेको भन्दै अहिले आलोचना भइरहेको छ । संस्थाका जिम्मेवार व्यक्तीले कीर्तिपुरकै एक सहकारीका बचतकर्ताहरुसँग मिलेर सहकारीका आन्तरिक फाइलहरु खोल्न लगाएको,तथानाम गालिगलोज गरेको भन्दै आलोचना भइरहेको हो ।

दर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र सहकारी बचत फिर्ता संघर्ष समितिबीच बागमती प्रदेश रजिष्टार कार्यालय हेटौडामा भदौं १२ गते भएको छलफलमा बाघ भैरव सहकारीका लेखा समिति संयोजक पन्नारत्न बज्राचार्य पुगेका थिए । दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले भने, ‘उहाँ हाम्रो बचतकर्ता, शेयर सदस्य होइन । कुनै सम्बन्धीत निकायका प्रतिनिधि पनि होइन तर, संघर्ष समितिसँग भएको दुई पटकको छलफलमा सहभागि भएर तथानाम बोल्नुभयो’। हेटौडामा भएको छलफल पछि बाघ भैरव सहकारीको वित्तीय अबस्थाको बारेमा बाहिर आएको हो ।


संस्थाको प्रतिवेदन हेर्दा श्वेतपत्र जारी गरे अहिलेको तत्कालको अवस्था के हो भन्ने प्रष्ट हुन्थ्यो । तर, सहकारीले अहिलेसम्म श्वेतपत्र जारी गर्न सकेको छैन् । श्वेतपत्रका विषयमा आनाकानी गरिरहेको छ । यो विषय शेयर सदस्यले बुझ्न आवश्यक छ । आर्थिक संकटको सामना गरिरहेको बाघ भैरव बचत तथा ऋण सहकारी संस्थाले सहकारीमा कुनै समस्या नभएको भन्दै शेयर सदस्यहरुलाई भ्रमको खेती गरिरहेको केहि स्थानीयले बताए । एक सदस्यले भने, ‘बाघ भैरवले पैसा दिन सकेको छैन । मेरो ५० लाख लिन १० पटक धाउनु पर्यो ।


दिनभरि कुर्नुपर्ने बाध्यता भएको थियो । आज ५० हजार पनि दिन नसक्ने अबस्था छ भन्ने सुनेको छु । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण होस् । केहि स्थानीयले बाघ भैरवमा पनि भोली शिवशिखरकै अवस्था आउन सक्ने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने तयारी गरेको उनले बताए ।

बाघ भैरवको वित्तीय अबस्था के हो ? जस्ताको त्यस्तै
बाघ भैरव बचत तथा ऋण सहकारी संस्था लि.को असार मसान्तको विवरण हेर्दा नगद तथा नगद सरहको मौज्दात जम्मा ६ करोड ९२ लाख १९ हजार ८६ रुपैयाँ ९१ पैसा हुन आउछ । जुन गत वर्षको भन्दा केहि बढी हो । वार्षिक प्रतिवेदनलाई आधार मान्दा उसको गत वर्षको तरल मौज्दात ५ करोड ३९ लाख १२ हजार ७३ रुपैयाँ ७४ पैसा थियो । यो जम्मा ४ प्रतिशत हुन आउछ । सहकारीमा हुनुपर्ने तरलताको नियम १० प्रतिशत हुन आउन तर, संस्थामा त्यो छैन । १ अर्बको बढीको संस्थाले ४ प्रतिशत तरलता राखेर संस्था चल्न सक्ने अबस्था छैन् ।


आर्थिक वर्ष २०७९—८० को असार मसान्तमा संस्थाको कुल पूँजी तथा दायित्व १ अर्ब ५१ करोड ९८ लाख ८३ हजार ९५ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै गत वर्ष संस्थाको १ अर्ब ६१ करोड ३५ लाख ४१ हजार ८ सय ९ रुपैयाँ ७५ पैसा देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०७९—८० को असार मसान्तमा संस्थाको कुल सम्पत्ति तथा जायजेथा १ अर्ब ५१ करोड ९८ लाख ८३ हजार ९५ रुपैयाँ ४९ पैसा छ । गत वर्ष संस्थाको कुल सम्पत्ति १ अर्ब ६१ करोड ३५ लाख ४१ हजार ८ सय ९ रुपैयाँ ७५ पैसा थियो । यो रकम स्थिर सम्पत्ति, कर्जा तथा सापटी, लगानी, पेश्की, धरौटी तथा पाउनुपर्ने र नगद तथा बैंकमा रहेको आधारमा हो ।


यो तथ्यलाई आधार मान्ने हो भने, संस्थाले जारी गरेको वार्षिक प्रतिवेदनमा रहेको मौज्दात जम्मा ६ करोड ९२ लाख १९ हजार ८६ रुपैयाँ ९१ पैसा छ, जुन सहकारी नियम अनुसार मौजुदा मान्न सकिदैन संस्थामा समस्या छ । संस्थामा १० प्रतिशत सम्म मौज्दात हुनुपर्छ । बाघ भैरव बचत तथा ऋण सहकारी संस्था स्वर्गीय मेयर राजकुमार नर्कमीका भाई नवीन नकर्मीले नेतृत्व गर्दै आएका छन् ।

पछिल्लो समय कीर्तिपुरका अधिकांस सहकारी संस्थाहरुमा बचतफिर्ताको माग बढ्दै गएको छ । बचतफिर्ताको माग बढ्दा सहकारी सञ्चालक समिति कार्यालय जानै छोडेका  छन् । कीर्तिपुर नगरपालिकाको सहकारी विभागको तथ्याङ अनुसार नगरपालिकामा दर्ताभएका मध्ये ४० वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । तर, अहिले एक पछि अर्काे सहकारीमा समस्या बढ्दै गएको देखिन्छ ।

संस्थाको वित्तीय अवस्था हेरौं....