Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने


कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने

काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् । विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको सो सेयर खरिद गरेका हुन् ।

कान्तिपुर सहकारीका अध्यक्ष समेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५६१ र नारायणप्रसाद रिमालको ६६ हजार ८८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् ।

कान्तिपुर सहकारीले पछिल्लो एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले पनि बचतकर्ताको रकम फिर्ता गर्न ताकेता गर्दै आएको छ । सहकारीका व्यवस्थापकले सहकारीको स्रोत दुरुपयोग गर्दै आफ्नो निजी व्यवसाय र घरजग्गामा लगानी गर्दा सहकारीमा तरलता समस्या आएको छ ।

गत १९ वैशाखमा हिमालयन बैंकले विभिन्न व्यक्तिका नाममा रहेको संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीकै लागि बिक्री गर्न भन्दै प्रस्ताव गरेको थियो । तर, विद्यमान संस्थापक सेयरधनी कसैबाट पनि खरिदका लागि आवेदन नपरेपछि अन्य व्यक्तिलाई बिक्री गरिएको बैंकले एक सूचनामार्फत जनाएको छ । ७ दिनपछि आचार्यका नाममा ती सेयर नामसारी प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।