Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेटौंडा सिमेन्ट उद्योगले १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने


हेटौंडा सिमेन्ट उद्योगले १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योगले जनाएको हो । उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको हो । उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात रहेको उद्योगले जनाएको हो ।