एजेन्सी । रूसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय राज्य तथ्याङ्क सेवा (रोस्टेट)ले शुक्रबार जनाएको छ। रुसमा वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ७.४२ प्रतिशतमा झरेको छ जुन अघिल्लो महिना ७.४८ प्रतिशत थियो ।
मुद्रास्फीतिको स्तर केन्द्रीय बैंकको ७.०-७.५ प्रतिशत प्रक्षेपणसँग मिल्दोजुल्दो थियो तर लक्ष्य भणे ४ प्रतिशतभन्दा माथि थियो। बैंक अफ रसियाले यसअघि मौद्रिक नीतिको अडानलाई ध्यानमा राख्दै देशको वार्षिक मुद्रास्फीति सन् २०२४ मा ४.०-४.५ प्रतिशतमा झर्ने र थप ४ प्रतिशतको नजिक स्थिर हुने बताएको थियो।