Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्दै


राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्दै

काठमाडौं । इटालीको रोममाशुरु भएको राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आज सम्बोधन गर्दै छन् ।

अति कम विकसित राष्ट्र एलडीसीको अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । जलवायु परिवर्तनले उत्पादनमा परेको असर, आपूर्ति श्रीङखला, अतिकम विकसित राष्ट्रले भोग्नुपरेका समस्या लगायतका विषयमा प्रधानमन्त्री दाहालले सम्वोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

खाद्य प्रणाली परिवर्तन र अध्यासका सन्दर्भमा भोली आयोजना हुने छलफलमा समेत प्रधानमन्त्री दाहाल सहभागी हुने छन् । विद्यालयमा दिइने खाजा र खाद्य प्रणालीको बदलिदो अभ्यास विषयमा सम्मेलनमा भोली छुट्टै छलफल हुन लागेको हो । इटालीमा रहँदा प्रधानमन्त्री दाहालले उच्चस्तरीय साइडलाईन भेट गर्ने तय भएको छ ।

युरोपमा वसोवास गरीरहेका नेपाली समुदायसंग पनि प्रधानमन्त्री दाहालले अन्तक्रिया गर्ने तय भएको छ । प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डलको टोली आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।