काठमाडौं,२८ असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले क्रिकेटमा बाह्रै महिना अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न योग्य पूर्वाधार बनाउन प्रयास गरिरहेको बताएका छन् । आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिँदै मन्त्री लिम्बूले क्रिकेटमा नेपालले पाएको सफलतालाई अझ अघि बढाउन सरकारले पहल गरिरहेको बताए ।
अहिले चारतिरबाट भइरहेका कामलाई युवा तथा खेलकूद मन्त्रालयमातहत एकद्वार बनायो भने यसले युवालाई स्वरोजगार बनाउने कुरामा सहयोग पुग्छ,’ उनले भने, ‘युवा स्वरोजगार कोष प्रधानमन्त्री कार्यालयमा छ, अर्थ मन्त्रालयमा पनि छ, युवा मन्त्रालयमा पनि छ, अन्य विभिन्न बैंकहरूले पनि युवा स्वरोजगारका लागि लगानी गरिरहेका छन्, तर त्यस्तो कार्यक्रमबाट पहुँचवाला एउटै युवाले घुमी घुमी अवसर पाइरहेको छ, जसको पहुँच छैन उसले कुनै सहयोग पाउन सकेको छैन ।’ उनले युवा स्वरोजगारका लागि छरिएर भइरहेको लगानीलाई एकद्वार बनाउन आवश्यक रहेको बताए ।