Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट


महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं, श्रावण २८ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट गर्ने व्यवस्था गरेको छ। बैंकले ग्राहकको सुविधाका लागि स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी छुट प्रदान गर्न सम्झौता गरेको हो। सम्झौता पछि महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले वीरगन्ज, पर्सामा अवस्थित मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटेल क्विक– २० भिचरसाइडका सेवाहरूमा अधिकतम १० प्रतिशत, हेटौँडा मकवानपुरमा अवस्थित रिगल हेटौँडाका सेवाहरूमा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा अवस्थित निसर्ग हस्पिटलका सेवाहरूमा अधिकतम २० प्रतिशत, हेटौँडा मकवानपुरमा अवस्थित विसुधा मोमोचाका सेवाहरूमा १० प्रतिशत र भरतपुर चितवनमा अवस्थित कविलाश रिसोर्ट एन्ड फनपार्कका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। साथै बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।