Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितलाई करिब ९ करोड सहयोग गर्ने


अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितलाई करिब ९ करोड सहयोग गर्ने

काठमाडौं । अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अमेरिकी डलर ७ करोड ९८ लाख ८५ हजार २०० रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति गएको ५।७ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।