Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोमबारबाट सबै विदेशी च्यानल बन्द हुने, ‘अला कार्ट’ शुल्क नतिर्ने भारतीय च्यानलको अडान


सोमबारबाट सबै विदेशी च्यानल बन्द हुने, ‘अला कार्ट’ शुल्क नतिर्ने भारतीय च्यानलको अडान

काठमाडौं,३१ असार । सरकारले भोलीदेखि सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्दगर्ने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको हो । भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै विभागले सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ । भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्याकेज बनाएर छुट्टा–छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो । यो जानकारी पछि विभागले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको हो ।