काठमाडौं । संघीय राजधानी काठमाडौंको आडैमा रहेको कीर्तिपुरमा अहिले स्थानीय तह प्रमुख र दुई वडा अध्यक्षकालागि उपनिर्वाचन हुँदैछ । कीर्तिपुरको विकास र यहाँको सूशासनकालागि माओवादी केन्द्रले प्राज्ञिक व्यक्ति प्राध्यापक डा.शिवशरण महर्जनलाई चुनावी मैदानमा उतारेको छ । उनि यसअघिको निर्वाचनमा पनि प्रमुखमा उम्मेदवार थिए ।
भारी मतले पराजित भएका प्राडा महर्जनलाई माओवादी केन्द्रले उपनिर्वाचनमा पुनः उम्मेदवार बनाएको छ । यसपटक माओवादी केन्द्र सहित एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी गठबन्धन छ । यहि मतदानका दिन सम्म कुनै तलमाथि नभए, कीर्तिपुरका जनताले माओवादी केन्द्रलाई मतदान गर्ने सम्भावना बढेको छ ।
चुनावी गठबन्धन नभएपनि कीर्तिपुरका जनताले राजनीतिक ‘टेस्ट’ गर्ने गरेको यसअघिको निर्वाचनबाटै प्रष्ट हुन्छ । यहाँका जनतामा राजनीतिक चेत रहेकाले जे पनि हुन सक्ने कतिको भनाई छ । यसअघि विस २०७४ सालको स्थानीय तह निवार्चनमा एमालेलाई बुहुमत दिलाएका कीर्तिपुरका मतदाताले विस २०७९ सालमा काँग्रेसको नेतृ्त्वलाई बहुमत सुम्पीएका थिए । यसपटक माओवादी केन्द्रलाई प्रमुखको जिम्मेवारी दिन सक्ने आंकलन छ । कीर्तिपुरमा काँग्रेस—एमालेबीचको सत्ता गठबन्धन नरुचाउने र रास्वपा सभापति रवि लामिछाने विरुद्ध राज्य खनिएको भन्ने हल्ला जनमानसमा छ ।
यसबिचमा कीर्तिपुरमा एमाले—काँग्रेसको विरासत भत्काउन माओवादी केन्द्रलाई सजिलो भने छैन् । यसअघिको निर्वाचनको अंकगणितलाई हेर्दा माओवादी केन्द्र भन्दा काँग्रेस-एमालेको मत बढी छ । यस्तो अबस्थामा माओवादी केन्द्रलाई कीर्तिपुरमा चुनाव जित्न सजिलो छैन । संघ, प्रदेश र स्थानीयमा काँग्रेस एमालेकै बाहुल्यता छ । तर, अहिलेको सत्ता गठबन्धन र काँग्रेस—एमालेको राजनीतिक रवैयाका कारण पनि माओवादी केन्द्र मतदाताको रोजाइमा पर्न सक्ने अनुमान जिवितै छ । जसका कारण रुष्ट मतदाताहरु माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्नेमा कुनै शंका नभएको एक स्थानीयले बताए । उनले भने, ‘यहाँ महर्जनको भोट महत्वपुर्ण मानिन्छ’ ।
प्राडा महर्जनले मतदातालाई आफुतिर आर्कषित गर्न सम्पुर्ण सेवासूविधा सामाजिक काममा लगाउने घोषणा गरेका छन् । अर्काे कुरा आजको दिनसम्म एमालेको भोट स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) र काँग्रेसको मत स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले काट्ने निश्चीत छ । मानवको प्रचारमा एमालेका कार्यकर्ता र कवि कुमारको प्रचारमा काँग्रेस र रास्वपाका केहि कार्यकर्ताहरु देखिएका छन् । तर, कीर्तिपुर प्रमुखमा प्राडा महर्जनले चुनाव जिते उनलाई अवसर भन्दा चुनौती बढी छ । किन भने, यहाँका ८ वडामा काँग्रेसको बहुमत छ । वडा नं.१ र ४ मा हुने वडा अध्यक्षको उपनिर्वाचनमा कस्ले बाजि मार्ने हो त्यो हेर्न बाँकी छ ।
को हुन प्राडा महर्जन ?
कीर्तिपुरको सुशासन र विकासकालागि पुनः चुनावमा होमिएका प्राडा महर्जन एक प्राज्ञिक व्यक्तित्व हुन । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुख समेत भएका प्रा.डा. महर्जन अहिले सेवानिवृत्त जीवन बिताइरहेका छन् । उनको कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा महत्वपूर्ण योगदान रहेको पाइन्छ ।
तर, कीर्तिपुर यातायात सञ्चालक समिति अध्यक्ष हुँदा उनको कार्यशैलीका विषयमा नकारात्मक टिप्पनी हुने गरेको छ । सो यातायात ढुवाएर सहकारी सञ्चालन गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ । कीर्तिपुर यातायात सञ्चालक समितिकै पहलमा कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था स्थापना भएको भन्ने छ । जुन हालको कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था हो । यो सहकारी संस्थाको अध्यक्ष माओवादी केन्द्रकै दिल बहादुर महर्जन छन् ।