काठमाडौं,१८ असार । प्रतिपक्षीको अबरोधका कारण स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०—०८१ का लागि विनियोजन गरिएको बजेटमाथि छलफल हुने छ । तर, आजको बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गर्ने तयारी गरेको छ । एमालेले हिजो ११ बुँदे माग अघि सारेपनि सत्तारुढ दलले त्यसलाई वेवास्ता गरेकाले आजको बैठक चल्ने सम्भावना नरहेको एक नेताले बताए । हिजोको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेपछि आज ११ बजे बस्ने गरि सूचना टाँस भएको थियो ।
बागमती प्रदेशसभा बैठक बस्दै