Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यसम्पादनमा प्रश्न? सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै स्थानीय


कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यसम्पादनमा प्रश्न? सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै स्थानीय

काठमाडौं । कीर्तिपुर नगरपालिका र यसका १० वटा वडाहरुको पछिल्लो कार्यसम्पादनका कारण स्थानीयहरुमा वितृष्णा बढ्न थालेको छ । कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी लामो समय स्वास्थ्य उपचारमा रहनु र, उपप्रमुख शुभलक्ष्मी शाक्यसँग निर्णयको अधिकार नहुँदा नगरपालिकाको कार्यसम्पादन नै कमजोर बन्दै गइरहेको चर्चा अहिले सुरु भएको छ ।

कतिपय स्थानीयले कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरुको भूमिका देख्दा आगामी २०८४ मा हुनुपर्ने आमनिर्वाचन यहि वर्ष भइदिए हुने जस्तोगरि सामाजिक सञ्जालमा अभिव्यक्ती पोख्न थालेका छन् । कीर्तिपुर एक ऐतिहासिक शहरका रुपमा चिनिन्छ, तर दिनप्रतिदिन नगरपालिका भित्र बेथिती बढ्दै जाँदा स्थानीयहरुले सामाजिक सञ्जालमा चर्को अभिव्यक्ती पोख्न थालेका छन् ।

कतिपयले नगरपालिका १० वर्षपछि धकेलिएको भन्दै विश्लेषण सुरु गरेका छन् भने, कतिपयले नगरपालिका प्रमुख, उपप्रमुख र १० वटै वडाका अध्यक्षहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउन थालेका छन् ।

पछिल्लो केहि साता हामीले कीर्तिपुर नगरपालिका स्थानीयहरुले सामाजिक सञ्चालमा अभिव्यक्त गरेका सामग्री अध्ययन गर्दा अधिकांशको नगरप्रति गुनासो रहेको पाएका छौं। निर्माणाधीन सडक अलपत्र, विद्युत प्राधिकरणको मनोमानी, स्थानीय समस्यामा नगरको चासो नहुनु, विकास निर्माणलाई हचुँवाको भरमा प्रस्तुत गर्नु, स्थानीय जनप्रतिनिधिहरुले सेवाग्राहिका समस्या समाधान गर्न नसक्नु आदी विषयमा असन्तुष्टि अहिले यत्रतत्र छन् ।

हामीले कीर्तिपुरका केहि पुराना नेता तथा नागरिक समाजका व्यक्तीहरुबाट नगरपालिका र सम्बन्धीत वडाहरुको कार्यसम्पादन, विकास निर्माण तथा नगरवासीहरु प्रतिको उत्तरदायित्वका विषयमा बुझ्ने प्रयास गरेका थियौं ।

 

अधिकांसले नगरप्रमुख राजकुमार नकर्मीको स्वास्थ्यमा देखिएको समस्या नै नगरको प्रमुख समस्या बनेको उनीहरुले बताए । कतिपयले प्रमुख बिरामी नभएको भए सायद नगरपालिकाले धेरै कामहरु गरिसक्थ्यो तर, नगरप्रमुखको स्वास्थ्यमा समस्या आउँदा जटिलता बढेको हो भन्दै गुनासो पोखेका थिए । अधिकांसले नगरप्रमुखको स्वास्थ्यमा सुधार भए नगरपालिकाले हरेक क्षेत्रमा विकासको गति लिने अपेक्षा राखेको पाईयो ।

नगरप्रमुख नकर्मी लामो समय मिर्गाैलाको समस्याबाट पीडित छन् । हामीले उनको स्वास्थ्य अवस्था बुझ्नलाई पारिवारिक स्रोतमा खबर गरेका थियौं तर, अहिले उनी स्वास्थ्य लाभ गरिरहेको भन्ने जानकारी उहाँहरुबाट पाएका छौं ।

तर, नगर प्रमुखको स्वास्थ्यमा समस्या देखिएपनि नगर उपप्रमुख, अन्य वडाका अध्यक्ष तथा जनप्रतिनिधिलाई स्थानीयको समस्यामा चासो नभएको भन्दै कीर्तिपुरमा अहिले जनअसन्तुष्टि बढ्दो छ । केहि राजनीतिक दलका स्थानीय नेताहरुले कीर्तिपुरका अधिकांस वडामा नेपाली कांग्रेसका प्रतिनिधिलाई जिताउनु गल्ती भएको समेत भन्न थालेका छन् । कीर्तिपुर नगरपालिकाका अधिकांस वडामा कांग्रेसका जनप्रतिनिधिहरु छन् ।

कीर्तिपुरका पुराना पत्रकार नजरराम महर्जनले हरेक दिन जसो कीर्तिपुर नगरभित्रका वेथितीका विषयमा सामाजिक सञ्जालमार्फत खबरदारी गर्दै आइरहेका हुन्छन् । उनले २४ घण्टाभित्र विभिन्न विषय सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । महर्जनले आइतबार बिहानै कीर्तिपुरको लोकतान्त्रीक चोकमा नेपाल टेलिकम र अन्य इन्टरनेट कम्पनीको तारहरु यत्रतत्र भएको तस्विर सार्वजनिक गरेका थिए ।

उनले यसभन्दा अघि सोहि स्थानको तस्विर सार्वजनिक गर्दै तारमाथि इट्टा झुण्डिएको र यसको व्यवस्थापन नभए दुर्घटना हुन सक्ने भन्दै सचेत गरेका थिए । यस्तै, स्थानीय दुर्गा दत्त जोशीले कीर्तिपुर वडा २ लाई अनुरोध गर्दै सडक निर्माणको विषयमा खबरदारी गर्दै भनेका छन्, ‘जुन गोरु आए नि कानै चिरेको’


स्थानीय शंकर थापाले वडा नं. ५ मा सडकमा उड्ने धुलोको व्यवस्थापन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय संजु बिन्दु महर्जनले कीर्तिपुर पाँगा उज्वल स्कुलदेखि जन सेवा आउने बाटो स्थानीयले बन्द गरेको भन्दै तत्काल समस्या समाधानकालागि स्थानीय तहलाई आग्रह गरेका थिए । 

यसैबीचमा पत्रकार महर्जनले लेखेका छन्, ‘मिशन ८४ को खुब हल्ला चलिरहेको छ । पढेलेखेका जति सबै विदेशमा कहिँ नबिकेका लम्पट त होला नि’ ? भन्दै राजनीति व्यङ्ग्य समेत गरेका छन् ।