काठमाडौँ । पूर्व डीआइजी एवम् गोरखा मिडियाका सञ्चालक छविलाल जोशीले जीबी राई र रवि लामिछानेले टेलिभिजन खोल्ने प्रस्ताव ल्याएको बयान दिएका छन् । जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका अनुसार उनले आफू र जीवी सुरुमा ५०—५० प्रतिशतको शेरयधनी भएको तर लामिछाने तत्कालीन समयमा बाहिर भएकाले पछि १५ प्रतिशत शेयर लिई जोडिएको उनले बयानमा भनेका छन् । उनले पछि आफू सम्पूर्ण दायित्वबाट अलग भएर जीबीलाई नै सुम्पिँदै बाहिरिएकाले आर्थिक विषयमा केही पनि जानकारी नभएको दाबी गरेका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७ चैत ०३ देखि मिति २०७८ माघ ६ गते सम्म गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको नाउँमा २ करोड ३० लाख २९ हजार २ सय ९८, विपिनकुमार आचार्य, शेरबहादुर ठकुल्ला र नेचर हर्व प्रालिको नाउँमा कर्जा देखाई लगेको ४ करोड ८८ लाख ९ हजार २ सय ७१ र सुरेशप्रसाद श्रेष्ठ, यमबहादुर केसी, मोहोमद हसिम मिया, प्रकाश पौडेल, नारायण श्रेष्ठ, आशिष् बिजुक्छेको नाउँमा कर्जा देखाई लगेको ७० लाख गरी जम्मा ५ करोड ५८ लाख ९ हजार २ सय ७१ गएको सम्बन्धमा गितेन्द्रबाबु राई र रवि लामिछाने समेतले टिभी खोल्ने प्रस्ताव ल्याएको उनले बयानमा भनेका छन् ।
जीबी राई र रवि लामिछानेले नै टेलिभिजन खोल्ने प्रस्ताव ल्याएः छविलाल जोशी