Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट


टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश मागेका छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरु अहिले अध्ययनका क्रममा छन् । सामाजिक सद्‍भाव बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।