Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

झापाको काँकडभिट्टाबाट पौने १८ अर्ब रुपैयाँको कृषिजन्य वस्तु निर्यात


झापाको काँकडभिट्टाबाट पौने १८ अर्ब रुपैयाँको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाई तथा भेनियर, अदुवा, अम्रिसोलगायत रहेका कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले जानकारी दिए ।

आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया आठ अर्ब २० करोड ९६ लाख, अलैँची पाँच अर्ब २४ करोड ४० लाख, प्लाई तथा भेनियर दुई अर्ब ७३ करोड ६३ लाख रुपैयाँको निर्यात भएको छ ।

त्यस्तै कार्यालयको तथ्याङ्कानुसार अदुवा २६ करोड ६३ लाख, अम्रिसो ७६ करोड ९७ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी चार करोड २६ लाख, मसुरो दाल चार करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

त्यस्तै आठ महिनाकाे अवधिमा पूर्वी नाकाबाट दुई अर्ब ४० करोड ४६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयात हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

क्वारेन्टिन कार्यालयको तथ्याङ्कानुसार कोदो १३ करोड १७ लाख १२ हजार, चामल चार करोड ९७ लाख, ताजा तरकारी २८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल २६ करोड ३७ लाख, लसुन ६२ करोड ४६ लाख, आलु २८ करोड ९१ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।