Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नमस्ते पेमार्फत् हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ क्यासब्याक


नमस्ते पेमार्फत् हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ क्यासब्याक

काठमाडौं,नमस्ते पेमार्फत् हवाई टिकट बुकिङ गर्दा ग्राहकले २०० रुपैयाँ क्यासब्याक तथा ५०० एमबी डेटा प्याक पाउने छन्।नमस्ते पेले हवाई टिकट बुकिङ गर्ने यात्रुले प्रत्येक टिकटमा तत्कालै २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने अभियान ल्याएको हो।

कार्तिक १ गते सुरु हुने अभियानमा यात्रुले नमस्ते पेमार्फत् आफ्नो उडान टिकट खरिद गर्दा तुरुन्तै क्यासब्याक पाउनेछन्। साथै प्रत्येक उडानकर्ताले ५०० एमबी डेटा प्याक र अभियान अवधिको अन्त्यमा एक जना भाग्यशाली यात्रुले आफ्नो अर्को उडानमा ५० प्रतिशत छुट पाउने छन्।