Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायलमा रोजगारीको प्रलोभनमा नपर्न विभागको आग्रह


इजरायलमा रोजगारीको प्रलोभनमा नपर्न विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले इजरायलमा कृषि श्रमिक माग भएको प्रलोभन देखाएर ठगी भएका धेरै गुनासो विभागमा आएकाले सचेत रहन आमयुवालाई आग्रह गरेको हो ।

नेपाल सरकार र इजरायल सरकारबिच श्रम समझदारी भए अनुसार मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागले जनाएको छ । यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहेको भए पनि यस विषयमा कुनै निर्णय भइनसकेकाले कुनै व्यक्तिको प्रलोभनमा नपर्न विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्तिमार्फत आग्रह गर्नुभयो ।

विज्ञप्तिका अनुसार इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत गराएको छ । विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतीले कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रम तथा अरू क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन आग्रह गर्नुभयो ।

बेनामी वेबसाइट खडा गरी त्यसमार्फत सूचना गरेर इजरायलमा आकर्षक रोजगारीको प्रलोभन देखाई लाखौँ रुपियाँ उठाउने धन्दा चलिरहेकाले त्यस्ता गलत सूचनाप्रति सचेत रहन उनको आग्रह छ । यस प्रकारका ठगीका सम्बन्धमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विभागले सूक्ष्म अनुसन्धान गरिरहेकाले त्यस्ता अपराधीलाई ढिलो चाँडो कारबाही हुने निर्देशक उप्रेतीको भनाइ छ ।