काठमाडौं, २२ जेठ । नागरिकता विधेयक प्रमाणीकरण लगायत विरुद्धमा प्रमुख प्रतिपक्षीहरुले आज पनि संसद अबरुद्ध गर्ने संकेत गरेका छन् । आइतबारको संघीय संसदको दुबै सदनमा सोहि विषयका विरुद्धमा नाराबाजी गर्दै संसद अबरुद्ध गरेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजपनि विरोधलाई निरन्तरता दिने भएका हुन । हिजो स्थगित भएका दुबै सदनको बैठक आजलाई बोलाइएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेकालागि बोलाइएको छ । तर, आजको बैठक पनि सुचारु हुने सम्भावना छैन् ।
बैठक सञ्चालनकालागि सभामुख देवराज घिमिरेको हिजो दिनभरिको प्रयास सफल हुन सकेन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक र भारत भ्रमणमा भएका केहि सम्झौता र अभिव्यक्तीका विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएको बताए । यसैबीच, राष्ट्रीय सभाको बैठक आज दिउ“सो १ बजे बोलाइएको छ । हिजो प्रमुख प्रतिपक्षी दलको अबरोधका कारण स्थगित भएको बैठक आज बस्ने लागेको हो । दुवै सदनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले राजश्व र व्ययको बार्षिक अनुमानमाथि छलफल प्रारम्भको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
कार्यसूची