Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा


पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २ (आज) देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा न ४५ ०००००१ देखि भ १८ ९९९९९९ का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । यस्तै, नोटको पछिल्लझ भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।