काठमाडौं । नवलपुरले रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । शाश्वत धाम र सिजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि आकर्षक गन्तब्य बन् सक्ने सम्भावना छ। अध्यात्म, शान्ती र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सिजी हस्पिटालिटीको विश्वास छ। सिजी इन्डस्ट्रियल पार्कभित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन्। साथै, शाश्वत धामका दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक हुने बताएका छन्।
वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सिजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु।चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवम् सिजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत सिइओ राहुल चौधरीले बताए। उनले थपे मिराया रिसोर्ट सिजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरूलाई मूर्तरुप दिने गरी तयार गरिएको छ।
यहाँ हाम्रा पाहुनाहरूले फरक अनुभुती गर्नु हुनेछ भन्ने मेरो विश्वास छ। यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ। मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरूका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ। रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन्।
साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ता खास सुविधाहरू पनि रिसोर्टमा छन्। पश्चिम चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको दृश्य देख्न सकिन्छ। यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा पुग्न सकिन्छ। साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न पनि सकिन्छ। रिसोर्टमा विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरू सहित विभिन्न कार्यक्रमहरू गर्न सकिने बताएको छ।