Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजाजत पत्र नलिई वैदेशिक रोजगार सञ्चालन गर्ने दुई मेनपावर व्यवसायीलाई कारबाही


इजाजत पत्र नलिई वैदेशिक रोजगार सञ्चालन गर्ने दुई मेनपावर व्यवसायीलाई कारबाही

काठमाडौं, श्रावण ३२। इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने २ मेनपावर व्यवसायीलाई कारबाही गरिएको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजत पत्र नलिई सञ्चालनमा रहेका दुई मेनपावर व्यवसायीलाई जनही २ लाख जरिवाना गरिएको हो। स्वीकृतिविना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गरी राहदानी संकलन गरेको पाइएपछि क्यापिटल रिक्युटमेन्ट सर्भिसेज र इगल मेनपावर कन्सलटेन्टलाई जनही २ लाख जरिवाना गरिएको हो ।

त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा सुयान एजुकेशन प्राली र एलाईट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा विभागले अनुगमन गरेको छ । स्थलगत अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विभागले बताएको छ । कानुन विपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत सबैमा अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा विभाग आक्रामक बन्दै गएको छ ।

केही दिन अगाडि पीडितलाई क्षतिपूर्ति नदिने दुई मेन पावरको इजाजत पत्र नै रद्ध गरेको थियो । विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न विभाग कानुन अनुसार अगाडि बढिरहेको बताए । कानूनले दिएको अधिकारको प्रयोग नगर्दा समेत समस्या देखिएको भन्दै विभाग ठगी नियन्त्रणमा निर्मम हुनैपर्ने बताएका छन् ।