Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दर्शन सहकारी सस्थालाई पनि शिवशिखरको बाटोमा लैजाने चलखेल सुरु

पछिल्लो समय विभिन्न व्यक्तिगत स्वार्थका कारण दर्शन...


दर्शन सहकारी सस्थालाई पनि शिवशिखरको बाटोमा लैजाने चलखेल सुरु

काठमाडौँ। पछिल्लो समय सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शेयर सदस्यलाई समस्या दिइरहेको अवस्थामा कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाले भने फरक विषय भोगी रहेको छ ।

नेपालको अर्थतन्त्रमा आएको तरलता र सहकारी संस्थाहरुले भोगी रहेको समस्याका बावजुद पनि दर्शन सकोसले निरन्तर बचतफिर्ताको प्रयास गरिरहेको छ । यद्यपी ऋणबाट रकम उठ्न नसक्दा ऋण असुली वापत् ल्याइएको जग्गा बचतकर्ताको नाममा फिर्ता गरिरहेको छ। तर, पछिल्लो समय विभिन्न व्यक्तिगत स्वार्थका कारण दर्शन साकोसमाथि निरन्तर प्रहार भइरहेको देखिन्छ । यही परिपाटि अघि बढिरह्यो भने दर्शन सकोसमात्रै नभई कीर्तिपुरका सबै सहकारी धरासायी हुने खतरा बढेको सहकारी विज्ञहरुको तर्क छ ।

एक महिना अघि मात्रै बचतकर्ताले प्रबन्धकको कार्यकक्षमा तोडफोडको प्रयास खेपेको दर्शन साकोस अहिले फेरि केही सीमित व्यक्तिको स्वार्थको सिकार बन्दैछ ।कीर्तिपुर नगरपालिका नगाँउ स्थित दर्शन साकोसको विपक्षमा अहिले केही व्यक्तिहरु गलत सूचना प्रवाह गरी संस्थालाई थप कमजोर बनाउन खोजिरहेको कीर्तिपुरका स्थानीय पत्रकार नजरराम महर्जनले बताए। उनले भने, ‘अहिले दर्शन सकोसको बिषयमा फेरि गलत सूचना प्रवाह भइरहेको छ। आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा १० हजार शेयर सदस्यको बचत रकम जोखिम हुने अवस्था आएको छ ।’ पहिले पनि केही व्यक्तिले संस्थालाई असहयोग गरी आन्दोलनको तयारी गरेकाले हामी बचतकर्ता एक हुने अवस्था आएको बताए। उनले, ‘भने यस्तै अवस्था आए दर्शन सकोसपनि शिवशिखरको बाटोमा जान समय लाग्ने छैन ।’

बचतकर्ताको रकम कहिले फिर्ता हुन्छ भन्ने प्रश्नमाः दर्शन सकोसका अध्यक्ष दिनेश दर्शधारीले श्वेतपत्रमा जारी गरे अनुरूप नै प्रक्रिया अघि बढिरहेको बताए । सबै बचतफिर्ता गर्ने सामथ्र्य अहिले राज्यको त छैन भने एउटा सामान्य सहकारीले कसरी फिर्ता गर्न सक्छ? उनले भने ‘दर्शन साकोस जस्तो सुकै समस्याको सामना गर्दै बचतकर्ताको रकम सुरक्षित गर्न तर्फ अघि बढेको छ ।’

सहकारीले ऋण दिएको ठाउँबाट रकम उठेको छैन, ऋणीसँगै लिएको जमिन बिक्री भएको छैन, एक रुपैयाँ बचत आएको अवस्था छैन, सहकारी संस्थामा कतिबेला आक्रमण हुन्छ भन्ने त्रासमा कर्मचारीले काम गरिरहेको अवस्थामा शेयर सदस्यले सहयोग गर्नुपर्ने ठाउँमा थप पीडा र धम्कि दिने कार्य भईरहेको उनको गुनासो छ ।
अहिले संस्थाले ऋणीहरुबाट प्राप्त गरेको जमीनलाई बचतकर्ताको नाममा गरी रहेको छ । जग्गा लिन नचाहने, रकम मात्र ताकेता गर्ने यो व्यक्तिगत स्वार्थले समस्या  निम्त्याएको उनले बताए ।

पछिल्लो समय विश्वभरी नै आर्थिक संकट बढिरहेको अवस्था छ । जसले गर्दा सहकारी संस्था लगायत सबै वित्तिय क्षेत्रमा अझ बढी नकरात्मक प्रभाव परिरहेको छ । आर्थिक तरलता सहकारी संस्था आफैले निम्त्याएको समस्या भने पटक्कै होईन । अहिलेको परिस्थिति वित्तिय संस्थाहरुका लागि निकै नै चुनौतीपूर्ण रहेको छ । तसर्थ, यस्तो अवस्थामा शेयरधनी तथा बचतकर्ता सबैले सक्दो धैर्यतापूर्वक हातेमालो गर्दै समस्याको समाधान गर्नुपर्ने सहकारी सरोकारवालाहरुले आग्रह समेत गर्दै आईरहेका छन् ।