Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई जलविद्युतको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार सुरु हुने


दुई जलविद्युतको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार सुरु हुने

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से आज दुई कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेको असोज २३ गतेको निर्णय अनुसार धितोपत्र सूचीकरण नियमावली २०७४ बमोजिम बुधबार दुबै कम्पनीको सेयर सूचीकृत भएको हो। मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता सेयर गरी कुल ७४ लाख ८४ हजार कित्ता सेयर यस दिन सूचीकृत भएको हो।

यस्तै भगवती हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता सेयर गरी कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले मिड सोलु हाइड्रोपावरलाई पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ भने भगवती हाइड्रोपावरलाई पहिलो कारोबारको लागि १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।मिड सोलुलाई दोस्रो बजारमा कारोबारका लागि नेप्सेले एमएसएचए र भगवती हाइड्रोपावरलाई बीजीडब्लुटी सिम्बोल प्रदान गरेको छ। बुधबार सूचीकृत भएका दुबै कम्पनीको धितोपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छन्।