Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा २३ अंकले गिरावट


सेयर बजारमा २३ अंकले गिरावट

काठमाडौं,सेयर बजारको परिसूचक नेप्से १८५१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा २३.१६ अंक घटेको हो। दिनभर कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।सेयर बजार १८५१ अंकमा झर्‍यो २२ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ३ को स्थिर रहृयो। सबै उपसमूहका सूचक घटेका छन्।

जसमध्ये बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स २०, होटल तथा पर्यटन १००, जलविद्युत् ४०, जीवन बीमा २०७, उत्पादन २९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा ८९, अन्य १० र ब्यापार उपसमूह ५५ अंक घटे। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो।

सुपर माइ हाइड्रोको मूल्य ४ प्रतिशत बढ्यो। सयपत्री हाइड्रोको मूल्य १०, हाथवे इन्भेस्टमेन्टको १० र मिड सोलु हाइड्रोको मूल्य ९ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा प्रभु बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन्।