Wednesday, January 14, 2026

२०८२ माघ १, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायलमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन


इजरायलमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिएका छन्। नेपाल एयरलाइन्सको जहाज पठाउनमा ढिलाइ भएको सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी दिए साथै प्रधानमन्त्री दाहालले आजै जहाज पठाउन निर्देशन दिए। आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ।

जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन्। घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।