Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई पुनः अध्यागमनले फर्कायो, आज बेलुका पनि १४ जना जादैं


कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई पुनः अध्यागमनले फर्कायो, आज बेलुका पनि १४ जना जादैं

काठमाडौं,३० असार । कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । गएराति पौने ११ बजे उनिहरु पुनः जादै थिए । २७ गते अध्यागमनले फर्काएका कुवेत उड्न ठिक्क परेका ११७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि अध्यागमनले फर्काएको हो । फकाईएका ३७ जना कामदारहरुलाई कम्पनीहरुले फेरि टिकट काटेर पठाउन लागेको थियो ।

तर अध्यागमन उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको बताएका छन् । निरकमल एचआर मेनपावर कम्पनीमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट ४ जना जान लागेका थिए । युथ मेनपावरमार्फत जजिराबाट १३ जना र सलाम एयरबाट ९ जना कतार जान लागेका थिए । २८ गते अध्यागमन एयरपोर्टबाट फर्काएको कामदारलाई पुनः टिकट काटेर पठाएकोमा रातिको सलाम र जजिरा एअरबाट कुबेत लागि गएका कामदार लाइ एउटा पत्र थमाएर यात्रा अनुमति नदिइ फर्काइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । आज बेलुका पनि बुधबार रोकिएकामध्ये १४ जना कुबेत जाने तयारीमा छन् ।