Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालाचतुर्दशी पर्वलाई लक्षित गरेर वागमतीमा छाडियो मेलम्चीको पानी


बालाचतुर्दशी पर्वलाई लक्षित गरेर वागमतीमा छाडियो मेलम्चीको पानी

काठमाडौं । बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट वागमती नदीमा थप पानी छाडिएको छ ।

आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

‘बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी वागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ,’ लामिछानेले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।