Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निरन्तर बढ्यो नेप्से


निरन्तर बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। गत सोमबारदेखि उकालो लाग्न थालेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ। नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर देखिएको छ।

अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशत घटेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ भने एनआईसी एशिया ग्रोथ फण्ड र इमर्जिङ्ग नेपालको मूल्य करिब ५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन हिमालयन बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।