काठमाडौं । बिहिबार सेयर बजार उच्च अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.९५ विन्दुमा झरेको छ।
यस दिन कुल ३७ लाख ६९ हजार ०३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख रुपैयाँमा खरिदबिक्री भयो। कारोबार भएका २७६ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, २०३ कम्पनी मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन सबै उप–सूचकहरु नकारात्मक रहेका छन्। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ।
आज नेप्से बजारको टप शुभम पावर लिमिटेड रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.७१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन लिबर्टी इनर्जी लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ६ करोड १५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।