Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई दिनपछि खुलेको सेयर बजार १७.२३ अंकले घट्यो


दुई दिनपछि खुलेको सेयर बजार १७.२३ अंकले घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १७.२३ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २ हजार ७० अंकमा सिमित भएको हो । आइतबार २१.०३ अंकले घटेको नेप्से परिसूचक २ हजार ८८ अंकमा सीमित भएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण सेयर बजार बन्द थियो ।

दुई दिनपछि खुलेको सेयर बजार घट्दा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ कारोबार भएको हो । कुल २४७ वटा कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ कम्पनीको सेयर मूल्य घट्यो । ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।


सबै उपसमूह घट्दा म्युचअल फण्ड र निर्जिवन बिमामा लगानीकर्ताको आकर्षण बढ्यो । निर्जीवन बिमा १३१ र म्युचअल फन्ड शून्य दशमलव १० अंकले बढ्यो ।

जिवन बिमा १२६.४९, उत्पादन र प्रशोधन ११०.५९, होटल तथा पर्यटन ८८.८८, माइक्रोफाइनान्स ४५ अंकले घट्यो । नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्तीय लघुवित्त,मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिख्रुवा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।