Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर लगानीकर्ता र सरकारबीच सहमति पछि उच्च अंकले वृद्धि


सेयर लगानीकर्ता र सरकारबीच सहमति पछि उच्च अंकले वृद्धि

काठमाडौं । कारोबार सुरुको दिन नेप्से परिसूचक उच्च अंक वृद्धि  भएको छ। लगानीकर्ताले तिर्ने ५ प्रतिशत  ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै नेप्से परिसूचक उच्च अंक वृद्धि हुने  पुगेको हो।लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका कारण कारोबार अवधिभन्दा १ घण्टापछि खुलेको बजार, १५ मिनेटमा नै ५० अंकभन्दा बढीले बढेको थियो।

सो अवधिसम्ममा १३ करोड रुपैयाँ बराबरको साढे ३ लाख कित्ताभन्दा बढी शेयर कारोबार भएको छ।आर्थिक विधेयकमा उल्लेख गरिएका विभादित विषयबारे सेयर लगानीकर्ता र सरकारबीच सहमति भएको छ । अर्थ मन्त्रालयमा भएको वार्तामा प्रत्येक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा पहिलाकै  कानुनी मोजिमकै व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने सहमति भएको हो ।

सहमतिपश्चात सबै विरोधका कार्यक्रम स्थगित गरिएको सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।