Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खाडीका ६ वटा देशमा दिउँसोकाे घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध


खाडीका ६ वटा देशमा दिउँसोकाे घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध

काठमाडौं । खाडीका छ वटा देशले घाम सिधै पर्ने ठाउँमा दिउँसोकाे समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् । तापक्रम अत्याधिक बढेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान र बहराइनले सिधा घाम पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन् । काम गर्न नपाउने मिति र समय देश अनुसार फरक–फरक तय भएको छ ।

गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस र अधिकतम तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । गएको आइतवार अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एअचारडब्ल्यू) ले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न आग्रह गरेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरुले खाडी देशले दिउँसो सिधा घाम पर्ने क्षेत्रमा काम गर्न नपाउने नीतिको प्रभावकारी कार्यान्वयन नभएको बताएका छन् । अत्यधिक गर्मीले श्रमिकको शरीरमा दाग लाग्ने, पेट दुख्ने, गर्मी थकान वा गर्मी स्ट्रोक निम्त्याउने समस्या देखिएका एअचारडब्ल्यूले जनाएको छ ।