काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आजबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले भैरहवादेखि मंगलबार बिहान सवा ८ बजेबाट नियमित उडान भर्ने छ । त्यसकालागि निगमले टिकट बुकिङ खुला गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेर १५ मिनेटमा उडान भर्ने विमान ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि हङकङ र दिल्ली जाने यात्रुलाई निगमकै कनेक्टिङ उडानमा चढ्ने व्यवस्था मिलाइएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।