काठमाडौं । संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गरेको छ । सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न राखिएको एल ११ प्रस्तावलाई ७८औं राष्ट्र संघीय महासभा अन्तर्गतको तेस्रो समितिको ४७ औं प्लेनरी बैठकले पारित गरेको हो । राष्ट्र संघले यस अघि सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाएको थियो । पहिलो अन्तर्राष्ट्रिय सहकारी वर्षमा सहकारी क्षेत्रमार्फत महिला, युवा, अल्पसंख्यकहरुको मूल प्रवाहीकरणमा महत्वपूर्ण काम भएको थियो । सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न मंगोलियोले उक्त प्रस्ताव राखेको थियो । विश्व सहकारी समुदायले प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।
राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने