काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी हिल्स लिमिटेडलाई २ लाख ९० हजार जरिवाना गराएको छ । विभागको टोलीले शुक्रबार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ‘ङ’ बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिम २ लाख ९० हजार जरिवाना गरेको हो । अनुगमनका क्रममा रियान्स ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागका उपस्थित हुन निर्देशन दिएको छ । थप ४ वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।