Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बिमा अनुसन्धानका लागि प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच सम्झौता


बिमा अनुसन्धानका लागि प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच सम्झौता

काठमाडौँ — नेपाल बिमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बिमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा मंगलबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा नेपाल बिमा प्राधिकरणले बिमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ ।

देशको अर्थतन्त्रमा बिमा क्षेत्रको योगदान, बिमा क्षेत्रको विकास, बिमा समावेशिता, बिमा व्यवसाय, सेवाको गुणस्तर, संचालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बिमा क्षेत्रका चुनौती, बिमा कम्पनीको नियमन तथा सुपरीवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सिलवालले समझदारीबाट देशको बिमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

अध्यक्ष सिलवालले बिमा सम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख अधिकारीले समझदारी अनुरूप बिमा सम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । समझदारी हस्ताक्षर भएको मितिले चार वर्षसम्म कायम रहने बताइएको छ ।