Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नाफिजद्वारा उत्कृष्ट खोज आर्थिक पत्रकारलाई १ लाख रुपैयाँ सहित पुरस्कृत गर्ने निर्णय


नाफिजद्वारा उत्कृष्ट खोज आर्थिक पत्रकारलाई १ लाख रुपैयाँ सहित पुरस्कृत गर्ने निर्णय

काठमाडौं, भदौ १८। नेपाल आर्थिक पत्रकार संघ नाफिजले १४औँ वार्षिकोत्सवमा उत्कृष्ट खोज आर्थिक समाचारलाई १ लाख रुपैयाँ सहित पुरस्कृत गर्ने निर्णय भएको छ। यसका लागि नाफिजमा आबद्ध आर्थिक पत्रकारलाई २३ भदौसम्म खोज समाचार पेस गर्न आह्वान गरिएको छ।

संघको आइताबार सम्पन्न कार्य समिति बैठकले १ लााख राशिको शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार एक जना क्रियाशील आर्थिक पत्रकारलाई वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै ५०,५० हजार रुपैयाँ राशिको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार समेत दुईजना आर्थिक पत्रकारलाई प्रदान गर्ने र २३ भदौभित्रै खोजमूलक समाचार पठाउन आह्वान गरिएको संघले बताएको छ । १ साउन २०७९ देखि ३१ असार २०८० सम्म प्रकाशित भएका समाचारलाई पुरस्कारका लागि मान्यता दिइने संघले बताएको छ ।