Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सेयर बजार २१ सय बिन्दुले नाघ्यो, हाइड्रोपावर समूहमा सबैभन्दा वृद्धि


सेयर बजार २१ सय बिन्दुले नाघ्यो, हाइड्रोपावर समूहमा सबैभन्दा वृद्धि

काठमाडौं । सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा कायम भएको छ । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो । यस दिन २११ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ३ को स्थिर रह्यो ।

आइतबार हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.७७ प्रतिशत बढ्यो । वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशतले घटेका छन् भने कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली क्रमशः अगाडि रहेका छन् ।

यी हुन् धेरै मूल्य बढेका र घटेका कम्पनी

यस दिन धेरै मूल्य बढेका कम्पनीमा पनि हाइड्रोपावर समूहका कम्पनीहरु धेरै रहे । १२ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ९.२, माउन्टेन हाइड्रो नेपालको ९ प्रतिशत मूल्य बढ्यो । निर्धन उत्थान लघुवित्तको मूल्य भने ४.३, मनकामना स्मार्ट लघुवित्तको मूल्य २.४ तथा मोलुङ हाइड्रोपावरको १.७ प्रतिशत घट्यो ।