Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

साइबर जोखिममा नेपाली बैंक तथा वित्तीय क्षेत्र,एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे तीन करोड रूपैयाँ चोरी


साइबर जोखिममा नेपाली बैंक तथा वित्तीय क्षेत्र,एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे तीन करोड रूपैयाँ चोरी

काठमाडौं । पछिल्लो समय विभिन्न प्रलोभनमा अनलाइन मार्फत ठगी गर्ने क्रम बढ्दै गएको छ । त्यसमा सबै भन्दा ठुलो जोखिम बैठक तथा वित्तीय संस्थाले बेहोर्ने पक्का भएको छ । हालै एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ । सो घटनाले साइबर आक्रमणका कारण नेपाली बैंकपनि असुरक्षित गर्ने देखिएको छ । सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै निर्माण गरेको थियो।

त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो ।

यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले प्रतिवादी बनाइएका २४ जनामध्ये नौजना पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् । बाँकी १५ जना भने फरार छन् ।