काठमाडौं । अवैध रुपमा ल्याएको ४ सय १ बोरा प्याज प्रहरीले काभ्रेभन्ज्याङबाट बरामद गरेको छ । आइतबार दिउँसो बीपी राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारी जाँच गर्ने क्रममा ४ सय १ बोरा प्याज बरामद गरिएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।
काभ्रेभन्ज्याङ चेकपोष्ट अगाडि सवारी जाँच गर्ने क्रममा पूर्वबाट आएको पुरानो बिलसहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा योद्धा गाडी र ३ वटा बोलेरो गाडीमा ४ सय १ थान बोरा प्रतिबोरा ४० किलोको दरले १६ हजार ४० किलो प्याज बरामद गरिएको जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ना ५ च २३६१ नं.को बोलेरो गाडीबाट ४० किलोको ६० बोरा, म.प्र.०२–००१ च. १०९० नं.को बोलेरोबाट ५५ बोरा, ज१च १६६७ नं.को बोलेरोबाट ६० बोरा, प्र.१–०१–००१ च. ८५५९ नं.को योद्धा गाडीबाट ६२ बोरा, प्र.२–०४–००१ च. २५२३ नं. को योद्धा बाट ५० बोरा, प्र. २–०४–००१ च. ००३८ नं.को योद्धाबाट ५७ बोरा र प्र. २–०४–००१ च ००८९ नं.को योद्धाबाट ५७ बोरा गरी ४ सय १ बोरा प्याज बरामद गरिएको हो । बरामद प्याज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।