Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रविलाई औषधिसमेत नदिएर दबाबमा राखिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने ज्ञानेन्द्रको चेतावनी


रविलाई औषधिसमेत नदिएर दबाबमा राखिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने ज्ञानेन्द्रको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलाई औषधिसमेत नदिएर दबाबमा राखिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने चेतावनी दिएका छन् । शाहीले सामाजिक सञ्जालमार्फत रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गर्दै सो कुरा व्यक्त गरेका हुन् ।

‘‘माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’ शाहीले भनेका छन्, ‘कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ उनले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेट पनि गरेका थिए ।

सांसद शाहीले मानवअधिकारकर्मीसहित प्रहरी हिरासतमा पुगेको दाबी गरेका छन् । लामिछानेलाई भेटेर निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए ।

प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुने उल्लेख गर्दै उनी थप्छन्, ‘कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन । यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको ठहरिनेछ ।’ मानव अधिकारको उल्लंघन गर्न नहुने उनको आग्रह छ ।