Friday, October 03, 2025

२०८२ आश्विन १७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निगमको डिपो सार्नका लागि डीपीआर तयार


निगमको डिपो सार्नका लागि डीपीआर तयार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । निगमले डीपीआर निर्माणका लागि गएको मङ्सिरमा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरेको थियो । आज एक कार्यक्रमका बीच संस्थानले निगमलाई डीपीआर बुझाएको  हो । सिनामङ्गलमा रहेको पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्न भदौमा ठेक्का आह्वान गर्ने नेपाल आयल निगम सिनामङ्गल डिपोका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने गुह्वेश्वरीतर्फको ५० रोपनी जग्गामा निगमको डिपो स्थानान्तरण हुने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको डिपो जोखिम हुने कुरालाई ख्याल गरेर अन्यत्र सार्न लागेको निगमले जनाएको छ ।